Logo
Logo

प्रधानमन्त्री ओलीलाई बुझाए भूतपूर्व गोर्खा सैनिकले ज्ञापनपत्र


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । भूतपूर्व गोर्खा सैनिक संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोर्खा सैनिकहरुको समस्या समाधानका लागि पहल गर्न ज्ञापनपत्र बुझाएका छन् । बेलायतस्थित नेपाली राजदूतावास मार्फत उनीहरुले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न माग गरेका छन् । त्यसका लागि एक उच्चस्तरीय वार्ता समिति गठन गर्नु पर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिनपछि भूपू गोर्खा सैनिक सङ्गठन तथा एनआरएनए गोरखा विभागले प्रधानमन्त्री ओलीलाई पनि संयुक्त ज्ञापनपत्र पठाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सेवानिवृत्त गोर्खा सैनिकको विषय नेपाल सरकारको प्राथमिकताको विषय हो भन्दै आफू बेलायतमा राजदूत भएर आउनासाथ यो विषयलाई प्राथमिकतामा राखेको बताए।

प्रतिक्रिया दिनुहोस्