Logo
Logo

माधव समूहले सत्यनारायण मण्डललाई दलका नेताबाट हटायो


दृष्टि संवाददाता

65.1k
Shares

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश २ काे संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको छ ।

आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल समूहका सांसदले मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको हो । मण्डल एमालेको संस्थापन पक्षका हुन् ।

यस्तै बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ । ६ महिनापछि सोमबार बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । जसमध्ये १३ सांसद नेपाल समूहका हुन् । संसदीय दलका नेता परिवर्तन गरिएको सूचना प्रदेश २ का सभामुखलाई समेत बुझाइसकिएकाले सोमबारको बैठकमा संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्