Logo
Logo

अलटाइम हाइ रेकर्ड बनाउँदै नेप्सेले स्वागत गर्‍याे नयाँ वर्ष


दृष्टि संवाददाता

378
Shares

काठमाडाैं । नयाँ वर्षको पहिलो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ । गत वर्षको अन्तिम कारोबार दिन बनेको अलटाइम हाइ रेकर्डलाई तोड्दै नेप्सेले यस दिन रेकर्ड कायम गरेको हो ।

गत मंगलबार २३ दशमलव २३ अंक बढेर २ हजार ७ सय १४ दशमलव ७९ विन्दुमा बन्द भएको नेप्से यस दिन २० दशमलव ६१ अंक बढेर २ हजार ७ सय ३५ दशमलव ४० विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । गत मंगलबार ७ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन बजारमा २ सय १८ कम्पनीको ९५ हजार ७ सय ३७ पटकको कारोबारमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएका कारण लगानीकर्ताहरुमा उत्साह छाएको छ ।

प्रतिक्रिया दिनुहोस्