Logo
Logo

द्रुतमार्गको दोस्रो चरणको काम निजगढ तर्फबाट


दृष्टि संवाददाता

126
Shares

काठमाडौैं । कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराईरमधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ ।

द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि दु्रतमार्गको अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गरिने तयारी गरिएको निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार आर्थिक वर्ष ०७८र७९ देखि द्रुतमार्गको निर्माण कार्य निजगढतर्फबाट नै सुरु गरिने तयारी भइरहेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतसम्बन्धी समस्या अझै सुल्झिन नसकेको अवस्थामा काठमाडौँतर्फबाट कामलाई अगाडि बढाउँदा विभिन्न समस्या देखिएको तर निजगढ तर्फबाट कामलाई अगाडि बढाउन कुनै पनि समस्या नरहेकाले त्यसतर्फबाट नै काम अगाडि बढाउन तयारी सुरु गरिएको जानकारी दिनुभयो । खोकनाको जग्गा विवादका कारण आयोजनाको अन्य ठाउँको काम अवरोध नहुने प्रवक्ता पौडेलले स्पष्ट पारे । द्रुतमार्ग निर्माणले यहाँका सांस्कृतिक सम्पदासमेत मासिने खोकनावासीको आरोप छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्