Logo
Logo

नेपाल सुपर लिग फुटबलमा लुम्बिनीको विजयी सुरुवात


दृष्टि संवाददाता

63
Shares

काठमाडौं । बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन अर्मान्ड बेडुमले एक गोल गरे । यस्तै बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो । यस जितसँगै बुटवलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोखराले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

जितसँगै बुटवलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोखराले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार ९भोलि० एक खेल हुनेछ । सोमबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्