Logo
Logo

सरकारसँग विश्वासको वातावरण बनेको राजेन्द्र महतोको दावी


दृष्टि संवाददाता

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले केही मुद्दा फिर्ता लिएकोमा खुसी व्यक्त गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५ वटा मुद्दा अन्तर्गत १ सय २० जनाको मुद्दा फिर्ता लिएसँगै जसपाका नेता महतोले सरकारको निर्णयको स्वागत गरेका हुन् ।

‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पूरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने । जसपाले नेता/कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै केपी शर्मा ओलीसँग कार्यदल नै बनाएर छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन फिर्ता गर्नुपर्ने माग अनुसार नै जसपाका मुद्दा सुनुवाई गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्