नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा २ सय १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा दुई सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये एक सय ९२ जना बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका छन् । नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र भारतबाट आएका व्यक्तिको जमुनाहा नाकामा परीक्षण हुने भए पनि यी ठाउँबाट बिहीबारको विवरण आइसकेको छैन ।