Logo
Logo
लुम्बिनी प्रदेशमा भद्रगोल

शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ नगराउन ४२ सांसदको माग


दृष्टि संवाददाता

63
Shares

काठमाडौं । शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै निर्णय सच्याउन प्रदेश प्रमुखसँग माग गरेका छन् । विपक्षी सांसदहरूले हस्ताक्षर संकलन गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष हस्ताक्षर बुझाएका हुन् ।

विपक्षीहरूले स्वतन्त्र २ सांसदसहित ४२ सांसदको हस्ताक्षर भएको दावी गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

तर, विपक्षीले यसलाई गैर संवैधानिक भन्दै सच्याउन माग गरेका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरदिन खाँनले अल्पमत पक्षलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखले संविधान उल्लंघन गरेको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दलसहितले सरकारको दावी गर्दै प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका हुन् । आइतबार विहान राजीनामा दिएका पोखरेललाई मध्यान्ह प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा पुनः नियुक्ति गरेका थिए।

यस अघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखलाई भेटेर पोखरेलले वहुमत गुमाएको जानकारी दिए पनि उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्