काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान देशको प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । प्रदेश २ र प्रदेश १ का केहि भूभागहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ ।
यस्तै देशका पहाडी भूभागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान छ । राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।
देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।