Logo
Logo

माधव नेपालले भने- ‘संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर’


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संवैधानिक आयोगहरुमा नियुक्ति प्रयास तत्काल बन्द गर्न सरकारलाई सुझाएका छन् ।

अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै नेता नेपालले सरकारको आलोचना गरेका छन् । यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर नेपालले टिप्पणी गरे ।

सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रित हुन नेता नेपालले आह्वानसमेत गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् ।

‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’
नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन् ।

‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’ नेपालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्