काठमाडौं । काेराेना संक्रमणबाट नेपालमा थप ८८ जना संक्रमितको मृत्युको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५२ जनाकाे मृत्यु भएकाे हाे । तर, विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।