Logo
Logo

ओलीलाई प्रचण्डले भने- विश्वासको मत लिने कुरा नाटकै हो


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद विघटन गर्न खोजेको आशंका जनतामा भएको दावी गरेका छन् । संसदमा सम्बोधनका क्रममा प्रचण्डले ‘तपाईंमाथि जनताले फेरि प्रतिनिधिसभा विघटन गर्न खोज्नु भएको होइन भन्ने शंका जनताले गरेकाे बताएका हुन् ।

‘७६ (२) को सरकार भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्थ्यो,’ उनले भने, ‘तपाईं विश्वासको मत लिनुपर्ने ठाउँमा समर्थन फिर्ता किन नलिएको भन्नुभयो । समर्थन फिर्ता लिँदा फेरि यसलाई विघटन गर्नुहुन्छ कि भनेर हामीले डरले मात्रै नलिएको हो ।’

उनले अहिले विश्वासको मत लिने प्रक्रिया स्वभाविक नलाग्ने पनि बताए । ‘तपाईंले यो विश्वासको मत लिने कुरा स्वभाविक लाग्दैन । प्राकृतिक लाग्दैन। नाटकीय–नाटकीय लाग्छ,’ प्रचण्डले भने।

प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउने कुरा पनि लोकतान्त्रिक नभएको समेत प्रचण्डको भनाइ छ। ‘विश्वासको मत लिन अधिवेशन बोलाउने कुरा पनि लोकतान्त्रिक लाग्दैन,’ उनको दावी छ, ‘तपाईंले लोकतान्त्रिक प्रक्रियालाई छलेर अर्कै केही गर्नु भएको हो कि भन्ने आशंका मानिसहरूलाई भएको छ । प्रधानमन्त्रीका हैसियतले विशेष अधिवेशन बोलाउने परिकल्पना संविधानले गरेको मैले देखेको छैन ।’

प्रतिक्रिया दिनुहोस्