Logo
Logo

उपेन्द्रलाई ओलीको जवाफ- छुद्र राजनीतिक प्रचार नगरौँ


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिलाई बंग्याएर छुद्र राजनीतिक प्रचार गरिएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्तावउपर उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले झूठो राजनीति नगर्न र भ्रम नफिँजाउन आग्रह गरे ।

मधेस आन्दोलनलाई ‘माखे साङ्लो’ भनेको भनी जसपा अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको ओलीले रोष्टमबाटै खण्डन गरे । ‘नेपालको राजनीति माखे साङ्लो जस्तो भयो भनेको थिएँ । मान्छेलाई माखा भन्यो भनेर हल्ला चलाइयो । मैले त्यतिबेलै स्पष्ट पारे । माखेसाङ्लो भनेको झिँगाको साङ्लो होइन । एक प्रकारको यन्त्र हो, त्यो जटिल हुन्छ’, ओलीले भने ।

उनले आफ्ना अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरेर जनतालाई भ्रममा पार्न खोजिएको बताए । उनले आफूविरुद्ध मिथ्या आरोपको खेती भइरहेको भन्दै सरकारले गरेका कामलाई मजाक नसम्झिन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्