काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटनको संकेत गरेका छन् । संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विश्वासको मत नदिएर संसद विघटनको बाटो रोजिएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने– ‘संविधान बमोजिम पाँच वर्ष सरकार चलाउने भनेर विश्वासको मत मागेको हुँ । विश्वासको मत नदिएपछि संसद विघटन हुने नै भयो ।’
संसद विघटन नगर्ने हो भने आफूलाई विश्वासको मत दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।