Logo
Logo

संविधान बमोजिम नयाँ सरकार बन्छ : सुवास नेम्वाङ


दृष्टि संवाददाता

14.4k
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले अब नयाँ सरकार गठन संविधान बमोजिम अगाडी बढ्ने बताएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिर निस्किँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता नेम्बाङले संविधान अनुसार नै नयाँ सरकार बन्ने बताएका हुन् ।

नेम्बाङले भने,‘प्रधानमन्त्रीले विश्वासको मत संविधान बमोजिम नै माग्नुभएको हो । अब नयाँ सरकार पनि संविधान बमोजिम नै बन्छ । ’ उनले नयाँ सरकार बनाउनका लागि राष्ट्रपतिले कुन धारा प्रयोग गरेर आहवान गर्छन् भन्ने प्रश्नमा नेम्बाङले पत्र जारी भएपछि मात्रै थाहा हुने समेत भन्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्