Logo
Logo

संघीय संसदमा ओलीविरुद्ध २८ सांसदको विद्रोह


दृष्टि संवाददाता

10.8k
Shares

काठमाडौं । पार्टी भित्रको आन्तरिक मतभेदका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै सांसदले विश्वासको मत दिएनन् । संसदीय दलको ह्वीप विपरित माधव नेपाल समूहका २८ सांसद बैठकमा अनुपस्थित रहे ।

झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

अनुपस्थित हुनेमा :
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४. कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

सोमबार बिहान बसेको माधव नेपाल समूहको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसद बैठकमै उपस्थित नहुने निर्णय गरेको थियो ।ह्वीप उल्लंघन गर्नेलाई कारवाही गर्ने तयारी एमाले संसदीय दलले यसअघि नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्