Logo
Logo

एमालेले ह्वीप उल्लंघन गर्ने सांसदलाई कारवाही नगर्ने


दृष्टि संवाददाता

29.2k
Shares

काठमाडौं । नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई कारवाही नगर्ने भएको छ । सामेबार केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत नदिने प्रत्यक्ष सांसदलाई कारवाही नगर्ने भएको हो ।

यद्यपि, समानुपातिक सांसदलाई भने कानुन बमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवारलाई जिताउने बारे नेतृत्व तहमा छलफल भएको छ ।

समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको छ ।

प्रत्यक्ष निर्वाचित २० जनाको हकमा अहिले केही नगर्ने र पार्टी एकताको लागि अझै पनि उनीहरुलाई मौका दिइने निर्णय गरेको छ । अहिले नयाा सरकार बनाउन राष्ट्रपतिलाई आह्वान गरिएको खण्डमा बहुमतको सरकार बनाउन सक्ने अवस्था नभए संसदकै सबैभन्दा ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्री बन्ने इच्छा स्वरुप हाल प्रत्यक्षतर्फका सांसदलाई कारवाही नगर्ने मुडमा ओली पुगेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्