Logo
Logo

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस


दृष्टि संवाददाता

18k
Shares

काठमाडौं । कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै यो अधिवेशन बोलाएको थियो । विश्वासको मत नपाएसँगै सरकार कामचलाउ बनिसकेको छ भने तीन दलको नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह गरिसकेको छ ।

मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक ३० वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्