Logo
Logo

अक्सिजनको व्यवस्था गर्ने प्रधानमन्त्रीलाई गगन थापाको आग्रह


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेपाली कांग्रेस तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मंगलबार एक भिडियो जारी गर्दै थापाले जनताको जीवन जोगाउन तत्काल पहल गर्न अनुरोध गरेका हुन् ।

नेता थापाले अहिले सबै कुरा छाडेर अक्सिजनको समस्य हल गर्न अनुरोध गरेका छन् । अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उनीहरूका आफन्तले दुःख पाएको उल्लेख गर्दै थापाले अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

आफूलाई अक्सिजनको व्यवस्थापनका लागि र शय्या खोजिदिन आग्रह गर्दै बिरामीका आफन्तहरूले बारम्बार फोन गरिरहेको तथा संक्रमितहरू दिनप्रतिदिन वृद्धि भइरहेकोले अक्सिजनलगायत व्यवस्थापन गर्न थापाको अनुरोध छ ।

‘प्रधानमन्त्रीज्यू, अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु,’ थापाले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्