Logo
Logo

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड उपचार गर्ने अस्पतालका बनाउने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौंका सबै सरकारी अस्पतालहरुलाई शत प्रतिशत नै कोभिड बेडका रुपमा उपचार गर्ने भनेर निर्णय गरेका छौं’ उनले भने । ’निजी अस्पतालहरुमा एक तिहाई मात्र कोभिडका लागि प्रयोग गर्न सक्नुहुन्छ भनेका छौै। तर उहाँले त्योभन्दा धेरै बेडहरु पनि प्रयोग गरेको अवस्था छ ।’

उनले संक्रमणको अवस्था र बिरामीको अस्पताल भर्ना हुने दर हेर्दा अक्सिजन माग ह्वात्तै बढेको हुनाले अक्सिजनको वितरणमा चुनौती आएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्