Logo
Logo

अक्सिजन नपाउँदा बुटवलमा पाँच संक्रमितको मृत्यु


दृष्टि संवाददाता

945
Shares

रुपन्देही । अक्सिजन अभावका कारण बुटवलमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

समयमा अक्सिजन आपुर्ति हुन नसक्दा रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चार पुरुष र एक महिलाको मृत्यु भएको हो ।

माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा संक्रमितहरुको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला रहेका छन् ।

उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो । उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्