Logo
Logo

ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिऔँ : भीम रावल


दृष्टि संवाददाता

18.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ’ उनले ट्वीटरमा लेखेका छन्, ‘थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।’

एमालेको माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका हुन् । तर, नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन ।

यसअघि, मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समेत एमालेका असन्तुष्ट पक्ष अर्थात् माधव नेपाल समूहलाई संसदबाट राजीनामा गराउन लगाएर नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्