Logo
Logo

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


दृष्टि संवाददाता

504
Shares

झापामा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज झापामा एक जनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।

उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो ।

जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो । मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्