काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता चलिरहेको बेला नेतृ रामकुमारी झाँक्रीले अलमलमा पर्ने काम भइरहेको प्रतिकृया दिएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेतृ झाँक्रीले ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न’ भन्दै वार्ताको नाममा अलमलमा पार्ने काम भइरहेको बताए हुन् ।
नेतृ झाँक्रीले ‘संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ’ भन्दै अध्यक्ष ओलीलाई विदेशी इसारामा चलेको समेत आरोप लगाएका छन् ।
उनले ट्वीटमार्फत जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि आफ्नो अगाडि एक मात्र बिकल्प हो बिद्रोह रहेको बताएका छन् । उनले भनेका छन्– ‘हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौं ।’
ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ।जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।
— Ram kumari Jhakri (@Jhakri_didi) May 13, 2021