Logo
Logo

प्रचण्ड-देउवाले जसपा र माधव समूहको निर्णय पर्खने


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सकिएको छ ।

दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्नेबारे छलफल भएता पनि जसपा र नेकपा एमालेको माधव नेपाल समूहको निर्णय पर्खने सहमति भएको छ ।

जसपा र माधव समूह नै निर्णायक रहेकाले उनीहको निर्णयपछि मात्र थप कदम चाल्ले दुई नेताबीच कुराकानी भएको हो ।

प्रधनमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपतिले आह्वान गरेको नयाँ सरकार गठनको समय आज राती ९ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्