Logo
Logo

७३ जिल्लामा निषेधाज्ञा (सूचीसहित)


दृष्टि संवाददाता

441
Shares


काठमाडौं । महामारीको दोस्रो लहरका कोराना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्न निर्देशन दिएको छ । थप खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको हो । मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको गृह प्रवक्ता जनकराज दाहालको भनाई छ ।

कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले उपचार हुँदाहुँदै पनि अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढिरहेको छ । उनले सङ्क्रमणको जोखिमबाट जोगिन निषेधाज्ञाको पालना नै महìवपूर्ण विकल्प भएको बताए ।

त्यस्तै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट थप कडा पारिएको छ । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौँ (डीसीसीएमसी)ले अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा निषेध गरेको हो ।

निषेधाज्ञामा पनि बिहान सवारीसाधनको बाक्लो चाप देखिएपछि डीसीसीएमसी प्रमुख एवं काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहितको टोली सडक अनुगमनमा निस्केर निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको हो ।

उनले निषेधाज्ञा अनुगमनको क्रममा अधिकांशले सवारी पासको दुरुपयोग गरेको पाइएको जानकारी दिए । अस्पतालको पास झुण्ड्याएर अर्कै कामका लागि सवारी चलाइरहेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीसँगै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहसहितको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल र सोह्रखुट्टेलगायत क्षेत्रको अनुगमन गरेका छन् ।

सरकारबाट जारी सवारी पास तथा अत्यावश्यक सेवाका नाममा कार्ड झुण्ड्याएर आफूखुसी सडकमा गुड्ने सवारीसाधनहरू नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएका हुन् । मोटरसाइकल, ट्याक्सी–कार, ढुवानीलगायत एक हजार दुई सय सवारीसाधन होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्