Logo
Logo

पिसिआर परीक्षण शुल्क घट्यो


दृष्टि संवाददाता

13.5k
Shares

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो ।

सरकारले रु एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई हजार शुल्क लिँदै आएको थियो । आजदेखि रु एक हजारमा पिसिआर परीक्षण शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्