Logo
Logo

संक्रमितको शव जलाउनेलाई एक हजार प्रोत्साहन भत्ता


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । कोरोना महामारीबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका कर्मचारीले एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पुनः नियुक्त भएपछि कार्यभार सम्हाल्दै शव दाहसंस्कारमा सहभागी हुनेलाई पनि भत्ता दिने बताएका हुन् ।

यसघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी भत्ता पाउने सूचीमा थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने मन्त्रालयले जनाएको छ ।

कार्यभार सम्हाल्दै मन्त्री ढकालले कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसायले राहत पाउने गरी नीति बनाउन उनले निर्देशन दिए । ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न समेत उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्