Logo
Logo
ओली-नेपाल पक्ष वार्ता

जेठ २ को आसपासमा रहेर समस्या समाधान गर्ने सहमति


दृष्टि संवाददाता

7.7k
Shares

काठमाडौं । नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा एमाले विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तामा जेठ २ वरपर रहेर समाधान गर्ने सहमति भएको हो ।

माधव पक्षले जेठ २ बटमलाइन लिए पनि शुक्रबारको वार्तामा पूर्वमाओवादीका नेता गृहमन्त्री रामबहादुर ‘थापा’ बादल संस्थापन पक्षबाट सहभागी थिए । यसको अर्थ २०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेको र फेस सेभका लागि जेठ २ को आसपासबाट सहमति हुने एमालेले जनाएको छ ।

करिब पौने ३ घण्टा चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी दिए । त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ । बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरषद्‍को कार्यालयमा भएको वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल वार्तामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्