Logo
Logo

नेपाललाई आपत्कालीन सहयोग आवश्यक : डब्ल्यूएचओ


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ले कोरोना भाइरस (कोभिड–१९) सँग नेपाललाई आपत्कालीन सहयोग आवश्यक भएको बताएको छ ।

नियमत पत्रकार सम्मेलनामा शुक्रबार डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले अहिले नेपाललाई आपत्कालीन सहयोग आवश्यक भएको बताएका हुन् ।

पत्रकार मम्मेलनामा गेहब्रेयससले भने, ‘अहिले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको हुँदा आपत्कालीन सहयोग आवश्यक रहेको छ ।’

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए ।

संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । साथै, डा गेहब्रेयससले डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्