Logo
Logo

नगद कारोवार कम गर्न नेपाल बैंकर्स संघको अनुरोध


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले नगद कारोवार कम गर्न अनुरोध गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को जोखिम कायमै रहेकाले नगद कारोवर कम गर्दै घरबाटै बैंकिङ कारोबार गर्न अनुरोध गरेको हाे ।

मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् एक खाताबाट अर्कोमा रकम ट्रान्सफर, खाताको ब्यालेन्स हेर्ने, बिल भुक्तानीलगायतका कार्यहरु विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ ।

संघले सामान खरिद गर्दा उपलब्ध भएसम्म एटीएम कार्डको प्रयोग वा क्यूआर कोडबाट भुक्तानी गर्दै नगद कारोबार कम गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।

यस्तै, ग्राहकहरुको सहजताका निम्ति निषेधाज्ञा अबधिभर मुद्दती खाता नविकरणसमेत सम्बन्धित बैंकलाई इमेल गरेर नविकरण गराउन सकिने संघले जनाएको छ ।

कुनै परिस्थितिवस इमेत गर्न नसकेमा निषेधाज्ञा समाप्त भएको सात दिन पछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागु हुने गरि नविकरण गर्न सकिने बताइएको छ ।

बैंकिङ् कारोबार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाव, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर वा कल सेन्टरबाट सेवा लिन सक्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्