Logo
Logo

एमाले कार्यदलको बैठक बस्दै, सहमति कार्यान्वयनको मापदण्ड तय गर्ने


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यादलको बैठक आज बस्ने भएको छ । दिउँसो तीन बजेपछि सिंहदरबारमा बस्ने बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको सहमति कार्यान्वयनको मापदण्ड तय गर्ने बताइएको छ ।

ओली–नेपालबीच बैखाश ३१ गते भएको छलफमा पार्टीलाई एकताबद्ध गर्ने सहमति भएको थियो । सोही सहमति अनुरुप एमालेले दुबै पक्ष सम्मिलित कार्यदल बनाएको हो ।

माधव समूहले उठाउँदै आएको माग बमोजिम पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउने कार्यदललाई जिम्मेवारी रहेको छ । पार्टीलाई एमाले–माओवादी एकता अगाडि लैजाने तयारी रहेता पनि त्यति सहज काम नभएको एमाले नै बताउँछन् ।

जेठ २ गते ओली–नेपालबीच सिंहदरबारमा भएको ‘वान टु वान’ भेटवार्ताले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् । यस्तै माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्