Logo
Logo

नेप्सेमा रेकर्ड, ११ अर्ब रुपैयाँको शेयर कारोबार


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । मंगलबार नेप्से सूचक सहित कारोवार रकमले समेत रेकर्ड कायम गरेको छ । यस दिन झण्डै साढे ११ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार २ सय १५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा खरिदबिक्री भएको छ। सोमबार १० अर्बभन्दा तलको कारोबार भएकोमा मंगलबार कारोबार रकम झण्डै २ अर्बले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

यस दिन कारोबारमा आएका अधिकाँश कम्पनीको शेयरमूल्य बढेको छ । जसमा विशेष गरी होटल, फाइनान्स, हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

मंगलबार नेप्से सूचक ३४ दशमलव ६८ अंकले बढेर २ हजार ७ सय ९३ दशमलव ९० विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४ दशमलव ६४ अंकले बढेको छ । मंगलबार होटल, फाइनान्स, हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ ।

फाइनान्स र हाइड्रोमा गत केहि दिनदेखि नै बढेको आकर्षण मंगलबार पनि कायमै रहेको देखिन्छ । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने उत्पादनमूलक उपसमूहको सूचक भने नकारात्मक देखिएको छ ।

यस दिन होटल तथा पर्यटन उपमूहको सूचक सबैभन्दा धेरै ६.१५ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक ५ दशमलव ८६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्