Logo
Logo

खोप अभाव हुने स्वास्थ्य मन्त्रालयको संकेत

पहिलो डोज लगाएकालाई मात्र दोस्रो डोज लगाउन आग्रह


दृष्टि संवाददाता

6.6k
Shares

काठमाडौं । सरकारले पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउने जानकारी दिएको छ । कोरोनाविरुद्ध खोप अभियान चलिरहेका बेला सरकारले यसअघि पहिलो डोज लिएकालाई मात्र दोस्रो डोज लिन आग्रह गरेको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अब दोस्रो डोजको व्यवस्था नहुन सक्नेतर्फ सचेत गराउँदै पहिलो डोज खोप लगाएकालाई मात्र दोस्रो डोज खोप लगाउन भनेको हो ।

‘अहिले चलिरहेको खोप अभियान यसअघि पहिलो डोज लिएकाहरुका लागि मात्रै हो’ उनले भने, ‘अहिले कसैले पनि पहिलो डोज नलिनुहोला। स्वास्थ्यकर्मीहरुले पनि कसैलाई पहिलो डोज नदिनुहोला । सरकारले दोस्रो डोजको व्यवस्था नगर्न पनि सक्छ।’

नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्