Logo
Logo

निषेधाज्ञाले उद्योग व्यवसाय पुनः प्रभावित : राष्ट्र बैंक


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति (फलोअप) सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले पछिल्लो वस्तुस्थिति बारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ वैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सर्वेक्षणले २०७७ असारको तुलनामा वैशाख २०७८ मा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा उल्लेख्य सुधार आएको जनाएको छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको भएपनि २०७६ फागुन (कोभिड–१९ पूर्व) को अवस्थामा उद्योग/व्यवसायहरु फर्किन नसकेको जनाएको छ ।

तर, दोस्रो फलोअप सर्वेक्षण गरिसक्दा कोरोनाको दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले अर्थतन्त्र पुनः प्रभावित हुने अवस्था आएको जनाएको छ ।

राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलयामान बनाउन आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्