Logo
Logo

५४ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि


दृष्टि संवाददाता

2.3k
Shares

धनुषा । धनुषामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ । धनुषा र सिन्धुली जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको एक गाउँमा दर्जनौं व्यक्तिमा ज्वरो, रुघा, जिउ दुख्ने लगायतका लक्षण देखिएपछि मिथिला नगरपालिकाबाट खटिएको स्वास्थ टोलीले परीक्षण गर्दा कयौंमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मिथिला नगरपालिका–११ स्थित लोटा गाउँमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । कोरोना संक्रमणको लक्षणसँग मिल्दोजुल्दो खालका बिरामीको संख्या बढ्दै गएपछि मिथिला नगरपालिकाले ५४ जनाको स्वाब संकलन गरी प्रादेशिक कोभिड अस्पताल जनकपुरधाममा परीक्षणका लागि पठाएको थियो ।

५४ जनाको परीक्षण गर्दा ४६ जनामा कोरोना पोजेटिभ देखिएको मिथिला नगरपालिकाका अधिकृत रविन्द्र डङ्गोलले जानकारी दिए । संक्रमितमध्ये जटिल देखिएका दुई जनाको सिन्धुली स्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अन्य संक्रमितको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको अधिकृत डङ्गोलले बताए ।

प्रतिक्रिया दिनुहोस्