Logo
Logo
राष्ट्रियसभा सदस्य मतपरिणामः

स्थानीय तहमा खिमलाल विजयी, प्रदेशको गणना सुरु


दृष्टि संवाददाता

19.1k
Shares

काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् ।

स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १ सय २८ र रामबहादुर थापा बादलले १ सय ३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।

स्थानीय तहको कुल २ सय ३८ मध्ये २ सय ३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १ सय ३३ मतदाता छन् ।

खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । डा. देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ ।

प्रतिक्रिया दिनुहोस्