Logo
Logo

किन गए महन्थ ठाकुर बालुवाटार ?


दृष्टि संवाददाता

63k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । मन्त्रिपरिषदको बैठक जारी रहँदा ठाकुर र महतो बालुवाटार पुगेका हुन् ।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै नेताद्वय बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने भएसँगै नयाँ सरकार गठनका लागि संविधानको ७६ को उपधारा ५ बमोजिम ठाकुरले प्रधानमन्त्रीका लागि दावी पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्