Logo
Logo

राष्ट्रिय फुटबल टिममा तीन महिनामा परिवर्तन ल्याउने प्रशिक्षक अब्दुल्लाहकाे दावी


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम जेठ ११ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम जेठ ११ गते इराक प्रस्थान गर्ने जनाएको छ ।

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले अन्तिम तयारी स्वरूप प्रशिक्षण गरिरहेको छ । विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले बिहीबार दशरथ रंगशालामा तयारी गरेको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टिमले तयारी गरिरहेको छ । सहायक प्रशिक्षक किरण श्रेष्ठले अलमुताईरीलाई सहयोग गरिरहेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अल्मुताइरीले आफुलाई राष्ट्रिय टिममा परिवर्तनका लागि मात्र तीन महिनाको समय आवश्यक रहेको बताएका छन् । आफुले यो टिमलाई विश्वकप छनौट चरण पार गर्ने लक्ष्यका लागि नभएर भविष्यको टिम बनाउने लक्ष्यका साथ बनाएको बताए ।

उनले प्रशिक्षण राम्रो भइरहेको र सबै खेलाडी फिट भएको बताएका छन् । पहिलो पटक टिम घोषणा गर्दा ६ जना नयाँ अनुहार समेटेर अनुभवी खेलाडीलाई टिममा राखेको भन्दै आलोचना खाएको भन्दै उनले आफु निकै रुष्ट भएको बताए ।

प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षक अब्दुल्लाहले सञ्चारमाध्यमलाई पनि आफ्नो लागि नभएर खेलाडीको सपोर्ट गर्नका लागि आग्रह गरे । नेपालले जेठ १५ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्