काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि ट्वीट गर्दै आचार्यले संवैधानिक व्यवस्था नरहेको प्रतिकृया दिएका हुन् । उनले भनेका छन– ‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन ।’
संविधानविद् आचार्यले प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको समेत बताएका छन् । उनको ट्वीटमा उल्लेख छ– ‘ नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो ।’
विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।
— Bhimarjun Acharya (@BhimarjunPhD) May 20, 2021