Logo
Logo

बहुमतको दावीसहित विपक्षी गठबन्धन शीतल निवास पुगे


दृष्टि संवाददाता

4.5k
Shares

काठमाडौं । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् ।

गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको स्रोतको भनाइ छ ।

हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्