Logo
Logo

बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न राखेपको निर्देशन


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको छ । राखेपले शुक्रबार संघलाई पत्र पठाउदै वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो ।

कोरोनाको महामारीको कारण गरिएको बन्दाबन्दीलाई मध्येनजर गर्दै राखेपको पूर्व स्वीकृति नलिई गर्न लागिएको साधारणसभा अर्को निर्देशन प्राप्त नभएसम्म स्थगित गर्न पत्रमा भनिएको छ ।

परिषदको पूर्व स्वीकृति नलिई गर्न लागिएको त्यस संघको साधरणसभा राष्ट्रिय खेलकुद विकास ऐन २०६६ को दफा २८ (ङ) को बमोजिम परिषदबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरि सो जानकारी राखेपलाई जानकारी गराउन निर्देशानुसार अनुरोध समेत गरिएको छ ।

बक्सिङ संघले गत वैशाख ३० गते साधारणसभाका लागि सूचना निकालेको थियो । सूचना अनुसार साधारणसभा जेठ २० गते बोलाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्