Logo
Logo

माधव समूहका २६ सांसदलाई कारवाही गर्ने पत्र राष्ट्रपति कार्यालयमा


दृष्टि संवाददाता

65.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २६ जना सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिन राष्ट्रपति कार्यालयमा पत्र दर्ता भएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको हो ।

पत्रमा ‘नेकपा एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको कुरा आएको छ । पार्टीले छानबिन गर्दैछ । त्यसलाई मान्यता नदिइयोस् ।’ भनिएको छ ।

शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्