Logo
Logo

‘प्रधानमन्त्री ओलीले फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ, लाज स्वयं लजाएको छ’


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ‘बहुमत छ’ भनेर दाबी गर्दा दुनियाँ हासेको टिप्पणी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूसँग १५३ जना सांसद्को रहेको भन्दै पुनः प्रधानमन्त्रीमा दाबी गरेपछि प्रवक्ता शर्माले उक्त टिप्पणी गरेका हुन् ।

शुक्रबार साँझ ट्वीट गर्दै उनले भनेका छन्- ‘बहुमत छैन’ भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले ‘बहुमत छ’ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ ! लाज स्वयं लजाएको छ !

उनले राष्ट्रपतिलाई समेत अलमलमा नपरीकन संस्थाको गरिमा जोगाउन समेत सुझाव दिएका छन् । शर्माले लेखेका छन्– राष्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो । अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?

शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए- ‘आज बिहान देउवाजीलाई भनें, सरकार बनाउनुस्, म शान्त भएर प्रतिपक्षमा बस्छु ।’

प्रतिक्रिया दिनुहोस्