Logo
Logo

‘विपक्षी गठबन्धनको बैठक बसेर नयाँ प्रधानमन्त्री चुनौं’


दृष्टि संवाददाता

6.3k
Shares


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर)ले विपक्षी गठबन्धनको बैठक बसेर नयाँ प्रधानमन्त्री चुनन प्रस्ताव गरेका छन् । उनले सरकारको विपक्षमा रहेका सांसदहरु मात्रै बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका हुन् ।

संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरिसकेका छन् । यसबीचमा नेता प्रभावकरले सभामुखको बैठक बोलाउने सोहि बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने प्रस्ताव गरेका छन् ।

‘सभामुखले बैठक बोलाउने । त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ,’ उनले भने, ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताकोतस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।’

आफूले यो प्रस्ताव दलका शीर्ष नेताहरु समक्ष पनि राखिसकेको उनको भनाई छ । ‘राजनीतिक रुपमा जवाफ दिने हो भने यस्तै गर्नुपर्छ भनेको छु, तर नेताहरुले मेरो कुरा सुनेका छैनन्,’ उनले भनेका छन् ।

यस्तै राष्ट्रियसभा सदस्य संवैधानिक कानुनका जानकारसमेत रहेका रामनारायण बिडारी संविधानको व्यवस्था विपरीत जानु गलत हुने बताएका छन् । ‘राष्ट्रपतिले र प्रधानमन्त्रीले संविधान मानेनन् भन्दैमा हामीले पनि किन मान्नु पर्यो भनेर जाने हो भने देशमा थप अराजक स्थिति सिर्जना हुन्छ ।’

यस्तै सभामुख अग्नि सापकोटाले संसद विघटनको विरोध गरेकाले विपक्षीहरुले उनको साथ पाउनेमा शंका छैन । तर यो संविधानको अनुकूल हुँदैन । संविधानमा सरकार गठनको प्रक्रिया धारा ७६ मा र संसद बैठक आह्वान र अन्त्यको व्यवस्था धारा ९३ मा स्पष्ट रुपमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्