काठमाडौं । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न १४९ भन्दा धेरै सांसदले हस्ताक्षर गरेका छन् ।
सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर संकलन भइरहेको संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४९ भन्दा धेरै सांसदले हस्ताक्षर गरेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने– ‘ १४९ भन्दा धेरै साथीहरुले हस्ताक्षर गर्नु भएको छ । आज तयारी नपुगेका कारण भोलि बिहान भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गरिनेछ ।’
प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी पुगे पनि राष्ट्रपतिले नपुगेको भन्दै असंवैधानिक रुपमा संसद गठबन्धन गरेको भन्दै विपक्ष गठबन्धन अदालत जान लागेको हो ।