Logo
Logo

एनएमबिको डिबेन्चरमा ४ दिनमै मागभन्दा बढी आवेदन


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । एनएमबि बैंकले खुला गरेको ऋणपत्र (डिबेन्चर) मा ४ दिनमै मागभन्दा बढी आवेदन परेको छ । जेठ २ गतदेखि बिक्री खुला गरिएकोमा जेठ ५ गते नै मागभन्दा बढी आवेदन परेका कारण आवेदन दिने म्याद सकिएको हो ।

बैंकले ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकेकोमा जेठ ५ मै मागभन्दा बढी आवेदन परेपछि बिक्री रोकेको जनाएको छ । कोभिड–१९ को महामारीले त्रास थपिरहेको अवस्थामा पनि डिबेन्चर खरिद गरी सहयोग र सद्भाव प्रदान गरेको भन्दै शुभेच्छुक, लगानीकर्ता आवेदकलगायत सबै सरोकारवालालाई बैंकले कृतज्ञता व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्