Logo
Logo

महालक्ष्मीले ल्यायो ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकले जठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्युआरकोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्