Logo
Logo

नेप्से परिसूचकमा हालसम्मकै ऐतिहासिक रेकर्ड


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार मध्यान्ह २८ सय २० माथि पुगेर रेकर्ड राखेको हो ।

आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक कारोबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

२ सय २० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रूपैयाँ पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । घट्नेमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह देखिएका छन् ।

सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह देखिएको छ । विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।

आइतबार कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, महालक्ष्मी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी हाइड्रोपावर, बरुण हाइड्रो पावर, बेष्ट फाइनान्स लगायत १६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। समता घरेलु लघुवित्त, रुरु जलविद्युत र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य २/३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्