Logo
Logo

प्रधानमन्त्रीमा ओलीको निरन्तरता माग गर्दै सर्वोच्चमा ३ रिट


दृष्टि संवाददाता

32.7k
Shares

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् ।

ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै तीनवटा रिट पेश भएको सर्वोच्च अदालतले जनाएको छ । प्रतिनिधिसभा पुनस्र्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २७ वटा रिट पेश भएका छन् ।

विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले शेर बहादुरलाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । विपक्षी चार राजनीतिक दलका सांसदहरुको रिट दर्ताको प्रक्रियामा छ ।सवै रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्चका संचार विज्ञ किशोर पौडेलले बताए ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ ७ मा प्रतिनिधिसभा विघटन भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्